२०८२ कार्तिक २०, बुधवार , ०२:४२:४० बजे

Sajhamanch
'

रोहित पौडेल बने ओडीआईमा २ हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी

बुधवार, कार्तिक २०, २०८२

काठमाडौं । नेपालका कप्तान रोहित पौडेलले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा २ हजार रन पूरा गरेका छन् । योसँगै रोहित एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा २ हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।

आईसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई) सँगको खेलका क्रममा २ रन जोड्दै रोहितले यो उपलब्धि हासिल गरेका हुन् । रोहितले एकदिवसीयमा ७६ खेलमा २ शतक र ११ अर्धशतकसहित २ हजार रन पूरा गरेका हुन् ।

२३ वर्षीय रोहित एकदिवसीयमा नेपालका लागि सबैभन्दा धेरै रन बनाउने खेलाडी पनि हुन् । रोहितपछि दोस्रो स्थानमा रहेका आसिफ शेखले १ हजार ६७७ र तेस्रो स्थानमा रहेका कुशल भुर्तेलले १ हजार ४५४ रन बनाएका छन् ।

सम्बन्धित खबर