२०८२ कार्तिक २०, बुधवार , ०१:२२:१७ बजे

Sajhamanch
'

नेपालबाट फ्रोजन फ्रेन्च फ्राइज अमेरिका निर्यात

बुधवार, कार्तिक २०, २०८२

काठमाडौं । नेपालबाट फ्रोजन फ्रेन्च फ्राइज अमेरिका निर्यात हुन थालेको छ । भैरहवा भन्सार कार्यालयमार्फत ५४ लाख ८८ हजार १५८ रुपैयाँ बराबरको ‘फ्रोजन फ्रेन्च फ्राइज’ पहिलो पटक अमेरिका निर्यात भएको हो ।

रुपन्देहीमा रहेको फूट च्वाइस फुड्स प्रालिबाट अमेरिकाको जेन्टको एलएलसीलाई दुई कन्टेनर अर्थात् ४३ हजार ५२० किलो फ्रोजन फ्रेन्च फ्राइज निर्यात गरिएको छ ।

भैरहवा भन्सार कार्यालयका अनुसार नेपालमा उत्पादित खाद्य वस्तुले अमेरिका जस्तो प्रतिस्पर्धात्मक बजारमा प्रवेश पाएको छ । यसबाट नेपाली उद्योगको विकास, वैदेशिक मुद्रा आर्जन र उद्यमशिलता निर्माणमा महत्वपूर्ण टेवा पुग्ने विश्वास छ ।

भैरहवा भन्सार कार्यालय निर्यात प्रवद्र्धनका लागि आवश्यक सेवा सुविधा, सूचनाको पहुँच र प्रक्रियागत सहजतामा निरन्तर सुधार गर्न प्रतिवद्ध रहेको भन्सार कार्यालयले जनाएको छ ।

निजी क्षेत्र, उत्पादनकर्ता, ढुवानी तथा गुणस्तर नियमन निकायसँगको सहकार्यलाई अझ सुदृढ बनाउँदै जानेतर्फ प्राथमिकतामा रहने समेत भैरहवा भन्सार कार्यालयले उल्लेख गरेको छ ।

बुधवार, कार्तिक २०, २०८२ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर