
फिलिपिन्समा आएको शक्तिशाली ‘कालमेगी’ नामको आँधीले व्यापक क्षति पुर्याएको छ । यो आँधीबाट अहिलेसम्म कम्तीमा २६ जनाको ज्यान गएको छ भने लाखौंको संख्याका नागरिकलाई सुरक्षित ठाउँमा सारिएको छ ।सबैभन्दा बढी क्षति सेबू टापुमा भएको बीबीसीले जनाएको छ । त्यहाँका बस्तीहरु पानीले डुबेका छन् । यसैबिच राहत कार्यमा खटिएको फिलिपिन्स एयर फोर्सको हेलिकप्टर मिन्दानाओ टापुमा दुर्घटना हुँदा ६ जना चालक दलका सदस्यको ज्यान गएको छ । स्थानीय रूपमा यो आँधीलाई ‘टिनो’ भनिएको छ ।


