२०८२ कार्तिक १९, मङ्गलवार , ०९:०१:१५ बजे

Sajhamanch
'

अर्जुनधारामा एमालेले गर्यो मोटरसाइकल र्याली

मङ्गलवार, कार्तिक १९, २०८२

अर्जुनधारा । झापाको अर्जुनधारामा नेकपा एमालेले मंगलबार बृहत मोटरसाइकल र्याली सम्पन्न गरेको छ । संसद पुर्नस्थापनाको माग गर्दै सो पार्टीले अर्जुनधारा ६ स्थित महानन्द चोकदेखि खुदुनाबारीसम्म मोटरसाइकल र्याली गर्दै खबरदारी गरेको हो ।

नेकपा एमाले अर्जुनधारा र राष्ट्रिय युवा संघ नेपाल अर्जुनधाराको अगुवाईमा खबरदारी र्याली गरिएको हो । ‘असंवैधानिक सरकार मुर्दावााद, विदेशी दलाल होसियार, विघठित संसद् पुनःस्थापना गर’ लगायतका नारा लगाउदै र्यालीले नगर परिक्रमा गरेको हो ।

र्यालीमा शनिश्चरे बजार र खुदुनाबारीमा कोणसभा गरिएको थियो । कोणसभामा अनेरास्ववियुका कोशी प्रदेश संयोजक नारायण पोरखरेल र नेकपा एमाले झापाका अध्यक्ष प्रेमबहादुर गिरीले सम्बोधन गरेका थिए ।

यो सरकार असंवैधानिक भएकाले संसद् पुर्नस्थापना हुनुपर्ने अध्यक्ष गिरीको भनाई थियो । उनले संसद् पुर्नस्थापना गरेर मात्रै मुलुकलाई निकास दिन सकिने बताए ।

एमाले कहिले पनि निर्वाचनबाट भाग्दैन, जनताको परीक्षामा सरिक हुन सधैं तयार छ, गिरीले भने– तर यो सरकारले निर्वाचनको वातावरण बनाउनै सक्दैन । लुटिएका हतियार र जेलबाट भागेका कैदीवन्दी नियन्त्रणमा नलिएसम्म निर्वाचन सम्भव छैन ।

भदौं २३ र २४ गते भएको जेन–जी आन्दोलनलाई हाइजेक गरेर देशलाई खरानी बनाएको प्रति चिन्ता व्यक्त गर्दै राष्ट्रप्रेमीहरु एक हुनुपर्ने अध्यक्ष गिरीले बताए । उनले जेनजी पुस्ताको मागप्रति सधैं सकारात्मक रहेकोले संविधान विरोधी गतिविधि प्रति सजग रहन आग्रह गरे ।

नेकपा एमाले अर्जुनधारा नगर कमिटी अध्यक्ष बिर्ख प्रधानले शान्तिपूर्ण समाज निर्माणका लागि सबैलाई अपील गरे । उनले जेन–जीको माग जायज भएको बताउँदै घुसपैठ गरेर अपराध गर्नेहरुलाई कानुनी दायरामा ल्याउनुपर्ने बताए । कानुनी दायरामा नल्याएसम्म जनतामा त्रास भइरहेको उनको भनाई थियो ।

https://www.facebook.com/share/v/17XPwMYPuy/

सम्बन्धित खबर