२०८२ कार्तिक १९, मङ्गलवार , ०२:३७:४७ बजे

Sajhamanch
'

कात्तिक नाचमा नृसिंह अवतारको गाथा

मङ्गलवार, कार्तिक १९, २०८२

काठमाडौं । ललितपुरको पाटनमा जारी ऐतिहासिक कात्तिक नाच अन्तर्गत ८औं दिन नृसिंह अवतारको गाथा प्रस्तुत गरिएको छ ।

पाटन दरबार क्षेत्रको कात्तिक डबलीमा जारी नाच अन्तर्गत सोमबार राती नृसिंह अवतार (हिरण्यकश्यपु बध) मञ्चन गरिएको हो ।

जस अन्तर्गत भगवान विष्णुले आफ्नो नृसिंह अवतारमा राक्षस राजा हिरण्यकश्यपुलाई पराजित गरेको देखाइएको थियो ।

वि.सं. १६९७ मा सुरु भएको ऐतिहासिक कात्तिक नाचमा भगवान विष्णुसँग सम्बन्धित १७ वटा धार्मिक कथाहरूसँग जोडिएको छ ।

नाचमा हरेक दिन फरक–फरक कथामा आधारित रहेर लिलाअनुसारका नाच देखाइन्छ । मल्लकालीन राजा सिद्धिनरसिंहले ललितपुरका बासिन्दालाई भय र त्रासमुक्त गर्न यो नाच देखाउन थालेको मान्यता छ ।

मङ्गलवार, कार्तिक १९, २०८२ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर