२०८२ कार्तिक १८, सोमवार , ११:३७:०५ बजे

Sajhamanch
'

दक्षिण अफ्रिकालाई हराउँदै भारतले जित्यो महिला विश्वकप क्रिकेटको उपाधि

सोमवार, कार्तिक १८, २०८२

काठमाडौं । दक्षिण अफ्रिकालाई ५२ रनले हराउँदै भारतले पहिलो पटक महिला एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ ।

नवी मुम्बईमा हिजो भएको फाईनलमा २९९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४५ ओभर ३ बलमा सबै विकेट गुमाउँदै २४६ रनमा समेटियो । भारतकी दीप्ति शर्माले शानदार बलिङ गर्दै पाँच विकेट लिइन् ।

दक्षिण अफ्रिकाकी कप्तान लौरा वोलवाड्र्टले उत्कृष्ट १०१ रन बनाइन् । त्यसअघि भारतले ५० ओभरमा सात विकेट गुमाउँदै २९८ रन बनाएको थियो । भारतका सफाली वर्मा र दीप्ती शर्माले अर्धशतक बनाए । सफालीले ८७ र दीप्तिले ५८ रन बनाइन् ।

भारत र दक्षिण अफ्रिकाले यसअघि महिला एकदिवसीय क्रिकेटमा ३४ पटक एकअर्कासँग खेलेका छन् । त्यसमध्ये भारतले २०, दक्षिण अफ्रिकाले १३ खेल जितेको छ र एक खेल बराबरीमा टुंगिएको छ । यसअघि सेमिफाइनलमा भारतले अष्ट्रेलियालाई र दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई हराएका थिए ।

सम्बन्धित खबर