२०८२ कार्तिक १७, आइतवार , १०:०५:५६ बजे

Sajhamanch
'

धनुषा र रुकुम पूर्वमा अटो रिक्सा दुर्घटना : ६ जनाको ज्यान गयो, ७ जना घाइते

आइतवार, कार्तिक १७, २०८२

काठमाडौं । धनुषा र रुकुम पूर्वमा भएको छुट्टाछुट्टै दुर्घटनामा छ जनाको ज्यान गएको छ । धनुषामा बस र अटो रिक्सा ठोक्किँदा एकै परिवारका तीन जनासहित चार जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । दुई बालबालिका घाइते भएका छन् ।

दुर्घटनामा ४० वर्षका धनबहादुर पुर्वछाने मगर, उहाँका भाइ ३५ वर्षका शम्भु पुर्वछाने मगर, ३५ वर्षीय निशा मगर र ४० वर्षीय अटो चालक डम्बर राईको ज्यान गएको हो । घाइते १४ वर्षीया शीतल मगर र ९ वर्षीय रोशन मगरको जनकपुरधामको न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै रुकुम पूर्व, भुमे गाउँपालिका–१ स्यावालमा अटो दुर्घटनामा ३० वर्षीया रेजिना घर्ती र २५ वर्षीय फिसोल्टी घर्तीको ज्यान गएको छ ।

घाइतेहरू प्रतिक्षा बुढा, उहाँका ११ महिनाका छोरा सुभम बुढा, ब्युटी पुन, दुई वर्षकी समृद्धी बुढा र तीन वर्षका सक्षम घर्तीको जिल्ला अस्पताल रुकुमकोटमा उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ ।

आइतवार, कार्तिक १७, २०८२ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर