२०८२ कार्तिक १५, शुक्रवार , ०४:२३:२४ बजे

Sajhamanch
'

तिलिचो बेस क्याम्पमा फसेका पर्यटकको उद्धारका लागि सशस्त्र प्रहरी बल परिचालन

शुक्रवार, कार्तिक १५, २०८२

काठमाडौं । मनाङको ङिस्याङ गाउँपालिका–९ तिलिचो तालको बेस क्याम्पमा अलपत्र परेका १५ जना पर्यटकको उद्धारका लागि सशस्त्र प्रहरी बलको टोली खटिएको छ ।

२ चिनियाँ र १३ नेपाली गरी १५ जना पर्यटक हिमपातका कारण तिलिचो बेस क्याम्पमा अलपत्र परेका छन् । उनीहरू अलपत्र परेको भन्ने जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङबाट सशस्त्र प्रहरी उपरीक्षक टोपबहादुर डाँगीको कमान्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज र मेडिकलसहितको टोली उद्धारका लागि खटिएको हो ।

सशस्त्र प्रहरी बलको टोली पैदल जानुपर्ने भएकाले उद्धार केही समय लाग्नेछ । अलपत्र परेका पर्यटकहरूको अवस्था सामान्य रहेको छ ।

शुक्रवार, कार्तिक १५, २०८२ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर