२०८२ कार्तिक १५, शुक्रवार , ०१:३०:४६ बजे

Sajhamanch
'

अत्यावश्यक काम नपरी बाहिर ननिस्कन सुनसरी प्रशासनको अनुरोध

शुक्रवार, कार्तिक १५, २०८२

विराटनगर । जिल्ला प्रशासन कार्यालय, सुनसरीले निरन्तर वर्षा भएको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै कार्तिक १५ गते सम्म जिल्लाभरि वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको हो ।

कार्यालयका अनुसार निरन्तर वर्षा भएकाले बाढी, डुबान, कटान र पहिरोजस्ता प्राकृतिक प्रकोपको जोखिम बढ्न सक्ने सम्भावन रहेको भन्दै अत्यावश्यक नभई बाहिर हिँडडुल नगर्न र यात्रा नगर्न अनुरोध गरेको छ ।

यस्तै कार्यालयले डुबान हुन सक्ने बस्तीका वासिन्दा र नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।

शुक्रवार, कार्तिक १५, २०८२ | मुख्य समाचार, समाज

सम्बन्धित खबर