२०८२ कार्तिक १५, शुक्रवार , १२:२८:४९ बजे

Sajhamanch
'

वनहरा नदीमा धमाधम पक्की पुल निर्माण हुँदै

शुक्रवार, कार्तिक १५, २०८२

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१२ भएर बग्ने वनहरा नदीमा धमाधम पक्की पुल निर्माण भइरहेको छ ।

दुवाहा–दमलपट्टी–चित्रपुर जोड्ने पुल रु. २५ करोड ९६ लाख ३८ हजार ३४० को लागतमा निर्माणाधीन छ । हालसम्म ९० प्रतिशत निर्माण पूरा भएको महाकाली पुल आयोजनाका इन्जिनियर सन्तोष चन्दले बताउनु भयो।

पुल निर्माणसँगै नदी नियन्त्रणका सिलसिलामा पुल वरपर तटबन्धको काम पनि जारी छ ।

‘नदी नियन्त्रणको आधा काम सकिएको छ र बाँकी आधा काम पनि तीव्र गतिमा भइरहेको छ’, इन्जिनियर चन्दले भने। आगामी मङ्सिरभित्र काम पूरा गर्ने लक्ष्य उहाँले सुनाउनु भयो।

शुक्रवार, कार्तिक १५, २०८२ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर