२०८२ कार्तिक १५, शुक्रवार , १०:५८:४७ बजे

Sajhamanch
'

बाढी र पहिरोले धनकुटाका दुई सडक अवरुद्ध

शुक्रवार, कार्तिक १५, २०८२

हिले । बिहीबारबाट सुरु भएको वर्षा कारण दुई सडक अवरुद्ध भएका छन् । वर्षाका कारण तमोर करिडोर, भेडेटार रबिराके सडक अवरुद्ध भएका हुन् ।

तमोर करिडोरअन्तर्गत धनकुटा खण्डमा पर्ने छरुवा खोला, नावा खोलामा आएको बाढीले सडक अवरुद्ध भएको हो । बाढीका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी राजन कार्कीले जानकारी दिनुभयो ।

वर्ष भइरहेकाले सडक खुलाउन समस्या भएको उहाँको भनाइ छ । यो सडक अवरुद्ध भए सँगै धनकुटा र तेह्रथुमको गढतिर तथा पाँचथर र ताप्लेजुङ जिल्लाको तराईसँगको सडक सञ्जाल टुटेको छ । भेडेटार–रवि–राँके सडक खण्ड अन्तर्गत भेडेटार डाँडा बजार खण्डको थुम्की र लुफाजुङ क्षेत्रमा पहिरो खसेपछि सडक आवागमन अवरुद्ध भएको छ ।

यो निर्माणाधीन सडक अवरुद्ध हुँदा धनकुटाको चौबिसे र पाँचथर तर्फबाट आउने सवारी साधनलाइ अवरोध भएको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राईले जानकारी दिनुभयो ।

शुक्रवार, कार्तिक १५, २०८२ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर