२०८२ कार्तिक १३, बुधवार , ११:५६:४३ बजे

Sajhamanch
'

मुस्ताङमा हिमपात : चराङ–लोमान्थाङ सडकमा आठ इञ्चसम्म हिउँ जम्यो

बुधवार, कार्तिक १३, २०८२

मुस्ताङ । मुस्ताङमा आज बिहानैदेखि ठूलो हिमपात भैरहेको छ । हिमपातका कारण चराङ–लोमान्थाङ सडकमा आठ इञ्जसम्म हिउँ जमेको छ ।

चराङ–लोमान्थाङ खण्डको नेपाली सेनाको ब्यारेक रहेको थुर्लुङफाँटदेखि लोमान्थाङसम्मको पाँच किलोमिटर सडकमा हिमपातका कारण गाडी आवतजावतमा कठिनाइ भएको प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिनुभयो ।

हिजो लोमान्थाङ–२ न्हेचुङको सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट बिओपीका सुरक्षाकर्मीले छोसेर–कोरला सडकमा जमेको हिउँ पन्छ्याएका थिए । त्यसैगरी हिमपातका कारण असहज बनेको कागबेनी–मुक्तिनाथ सडक अहिले सञ्चालनमा आएको पनि उहाँले बताउनुभयो । हिमपातका कारण उपल्लो मुस्ताङदेखि तल्लो मुस्ताङसम्मका डाँडाकाँडा सेताम्मे भएका छन् ।

बुधवार, कार्तिक १३, २०८२ | मुख्य समाचार, समाज

सम्बन्धित खबर