
काठमाडौं । हिमपात भएपछि अन्नपूर्ण आधार शिविर पदयात्रा जान पूर्ण रूपमा रोक लगाएको छ।
गएरातिदेखि परेको हिमपात र वर्षाका कारण अन्नपूर्ण आधार शिविरमा पदयात्रा गर्न जानेहरूलाई रोकेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।
कतिपय पर्यटकहरू आधार शिविरमै फसेका छन्। नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय उद्धरकर्मी इन्द्र शेरचन थकालीसहितको टोली उद्धारका लागि खटिएका छन्। उक्त टोलीले अन्नपूर्ण गाउँपालिलकासँग समन्वय गरी शिविरतिर जाँदैछ।
प्रहरीले आवश्यक सहयोगका लागि प्रहरीको कन्ट्रोल नम्बर १००, जनप्रतिनिधिहरू अन्नपूर्णका अध्यक्ष भरतबहादुर पुनको नम्बर ९८५७६२७८२४, अन्नपूर्ण वडा नं. ४ अध्यक्ष लोकबहादुर फगामीको नम्बर ९८६७६३९९५९ र स्थानीय उद्धारकर्मी ईन्द्र शेरचनको ९८५७६४०२४६ नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ।


