२०८२ कार्तिक १३, बुधवार , ०२:३७:१४ बजे

Sajhamanch
'

मध्य र पश्चिम क्षेत्रमा हल्कादेखि मध्यम वर्षा

मङ्गलवार, कार्तिक १२, २०८२

काठमाडौं । अहिले देशको मध्य र पश्चिम क्षेत्रमा पानी परिरहेको छ । सुदूरपश्चिम, मधेश र कोशी प्रदेशबाहेक बाँकी प्रदेशको धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा तथा हिमपात भइरहेको हो ।

जल तथा मौसम पूर्वानुमान महाशाखामा अनुसार आज कर्णाली, लुम्बिनी, गण्डकी र बाग्मती प्रदेशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा तथा यी क्षेत्रका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भैरहेको छ ।

पछिल्लो ३ घण्टामा सबैभन्दा धेरै त्रिशूली (कालीखोला) केन्द्रमा १८ दशमलव ६ मिलिमिटर तथा सिन्धुपाल्चोकको तार्केघ्याङ वर्षामापन केन्द्रमा १३ दशमलव ६ मिलिमिटर वर्षा मापन भएको छ ।

काठमाण्डौ उपत्यकासहित देशका धेरैजसो ठाउँमा छिटपुट वर्षा र बादल लागेको छ । यसले चिसो पनि बढेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र चिसोसँगै जनजीवन प्रभावित बन्न थालेको छ ।

आउँदो शुक्रवारसम्म नै वर्षा र हिमपात हुने मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाको तीन दिने मौसमी बुलेटिन अनुसार आजभन्दा भोलि वर्षा कम हुनेछ । पर्सि बिहीवार फेरि केही ठाउँमा ठूलो वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मङ्गलवार, कार्तिक १२, २०८२ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर