
भारतको मौसम विभागले मोंथा नामको चक्रवातको चेतावनी दिएको छ । चक्रवात आज बेलुकी वा राततिर आन्ध्र प्रदेशको मछलीपट्टनम र कलिंगपट्टनमबीचको काकीनाडा तटमा ठोक्किन सक्ने बीबीसी हिन्दीले जनाएको छ ।भुवनेश्वरको मौसम विभागकी निर्देशक डा। मनोरमा मोहन्तीका अनुसार चक्रवात आज बिहानसम्म थप बलियो हुनेछ । यस क्रममा हावाको गति ९० देखि १०० किलोमिटर प्रतिघण्टा पुग्न सक्ने खबरमा उल्लेख छ ।
चक्रवातको प्रभावले ओडिशामा आउँदो दुईरतीन दिनसम्म भारी वर्षा हुने सम्भावना छ । ओडिशाका मुख्यमन्त्री मोहन चरण माझीले राज्यमा आवश्यक तयारी पूरा गरिएको बताउँदै ठूलो क्षति हुने सम्भावना कम भए पनि सरकार सतर्क रहेको प्रतिक्रिया दिए । एजेन्सी


