२०८२ कार्तिक १०, आइतवार , ०३:०६:०८ बजे

Sajhamanch
'

नागरिकको शान्तिपूर्ण प्रदर्शन गर्ने अधिकारको सम्मान गर्न आह्वान

आइतवार, कार्तिक १०, २०८२

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले नागरिकको शान्तिपूर्ण प्रदर्शन गर्ने अधिकार एवं मानव अधिकारको सम्मान र संरक्षण गर्न सरकारसँग आह्वान गरेको छ ।

साथै आफ्ना मागहरू शान्तिपूर्ण रूपमा राख्न प्रदर्शनरत पक्षलाई सम्त आयोगले अनुरोध गरेको छ ।

नागरिकले राखेका मागहरू समयमै उचित सम्बोधन गर्न, समस्याको समाधानमा सबैको भूमिका सुनिश्चित गर्न आयोगले भनेको हो ।

‘विगतका केही अभ्यासहरू हेर्दा प्रदर्शनहरू ध्वंसात्मक र हिंसात्मक हुन पुगेको तथ्यलाई ध्यानमा राखी आगामी दिनमा त्यस प्रकार्का हिंसात्मक गतिविधि नहोउन् भन्नेतर्फ सचेत रहँदै प्रदर्शनलाई शान्तिपूर्ण बनाउन सबै पक्ष जिम्मेवार हुनु आवश्यक छ । आगामी दिनमा हुने प्रदर्शनहरूमा घुसपैठ हुन नदिने दायित्व सरकार र प्रदर्शनकारी दुवैको हुन्छ । प्रदर्शनलाई शान्तिपूर्ण बनाउन सुरक्षा निकायको संयमता, धैर्यता र विवेकपूर्ण व्यवहार अपेक्षित छ । त्यसैगरी प्रदर्शनरत पक्षले पनि आफ्ना क्रियाकलापलाई शान्तिपूर्ण बनाउने, घृणायुक्त अभिव्यक्ति नदिने र उत्तेजनापूर्ण व्यवहारलाई नियन्त्रण गर्नुपर्ने कर्तव्य निर्वाह गर्नुपर्ने हुन्छ । समस्याको समाधान वार्ता र संवादबाट मात्र सम्भव हुन्छ भन्नेमा आयोग दृढ छ । हरेक समस्याको समाधान विधिको शासन, संविधान, कानुन र मानव अधिकारको मूल्य मान्यताकै आधारमा शान्तिपूर्ण रूपमा खाजिनुपर्दछ,’ आयोगले जारी गरेको विज्ञप्तिमा छ ।

गत २३ र २४ भदौको आन्दोलनपश्चात जेनजीले उठाएका विभिन्न सवालहरूको समयमै उचित सम्बोधन हुनु आवश्यक रहेको आयोगको भनाइ छ ।

आइतवार, कार्तिक १०, २०८२ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर