२०८२ कार्तिक १०, आइतवार , १०:४०:५९ बजे

Sajhamanch
'

निर्माणाधिन संसद भवन तोकिएको समयमा सक्न निर्देशन

आइतवार, कार्तिक १०, २०८२

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङले सिंहदरबार परिसरमा निर्माणाधिन संघीय संसद भवन तोकिएको समयमा सक्न निर्देशन दिनुभएको छ ।

संघीय संसद भवनको स्थलगत अनुगमन गरी उहाँले तोकिएको समयमा काम सम्पन्न नगरे ठेक्का सम्झौता बमोजिम कारबाही हुने चेतावनी समेत दिनुभएको छ । २०७६ साल असोजमा तीन वर्षभित्र सम्पन्न गर्ने गरी भएको ठेक्का सम्झौतामा पाँचौ पटक म्याद थपेर आउँदो पुस १६ गतेसम्मको समय बाँकी छ ।

अहिले सिभिल संरचनाको ८७ प्रतिशत र इन्टेरियर तथा सुरक्षा प्रणालीसम्बन्धी दोस्रो प्याकेजको ३० प्रतिशत मात्र प्रगति छ । मन्त्री घिसिङले निर्माण व्यवसायीलाई हरेक दिनको कार्यतालिका बनाएर तीव्र गतिमा काम गर्न निर्देशन दिनुभएको हो । उहाँले संसद भवन राष्ट्रिय महत्वको आयोजना भएकाले नियमित अनुगमन र सार्वजनिक निगरानी आवश्यक रहेको पनि बताउनुभयो ।

शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले तोकिएको समयमै काम सम्पन्न गर्न मन्त्रालयबाट आवश्यक सहयोग र समन्वय हुने बताउनुभएको छ ।

आइतवार, कार्तिक १०, २०८२ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर