२०८२ कार्तिक १०, आइतवार , १०:४०:२३ बजे

Sajhamanch
'

सिंचाइका १२ रुग्ण ठेक्का तोडियो, सडकका थप ४० ठेक्का तोड्ने तयारी

आइतवार, कार्तिक १०, २०८२

काठमाडौं । वर्षौंदेखि अलपत्र सिँचाइतर्फका १२ वटा ठेक्का तोडिएको छ । जनताको तटबन्ध कार्यक्रमअन्तर्गतका १२ ठेक्का तोडिएका हुन् भने बबई सिँचाइ आयोजनाका ६ ठेक्का तोड्ने तयारी छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङको निर्देशनपछि काम नगर्ने ठेकेदारविरुद्ध कार्यसम्पादन जमानत जफतसहित कानुनी कारबाही शुरू गरिएको हो । सडक क्षेत्रका थप ४० रुग्ण ठेक्का तोड्ने प्रक्रिया पनि अघि बढेको छ ।

सडक विभागअन्तर्गत तुम्लिङ्टार, इलाम, हेटौंडा र नेपालगञ्ज डिभिजनले पनि ४० ठेक्का तोड्ने प्रक्रिया थालेका हुन् । १५ दिनभित्र ठेकेदारले ठोस कारण वा कार्यतालिका नदिएमा ठेक्का रद्द गरी कालोसूचीमा राख्ने तयारी गरिएको सूचनामा उल्लेख छ ।

आइतवार, कार्तिक १०, २०८२ | मुख्य समाचार, समाज

सम्बन्धित खबर