२०८२ कार्तिक ३, आइतवार , ०५:१२:३९ बजे

Sajhamanch
'

पत्रकारको सुरक्षा र स्वतन्त्रताका लागि प्रेस चौतारी झापाको आग्रह

आइतवार, कार्तिक ३, २०८२

झापा । प्रेस चौतारी नेपाल झापा जिल्ला कमिटी झापाको आज सम्पन्न र्बठकले पत्रकारको सुरक्षा, स्वतन्त्रता र निष्पक्ष पत्रकारिताको वातावरण सुनिश्चित गर्न स्थानीय प्रशासन र सम्बन्धित निकायसँग जोडदार माग गरेको छ।

अध्यक्ष प्रदीप परियारको अध्यक्षतामा तथा संगठनका केन्द्रीय सदस्य एवं झापा जिल्ला इन्चार्ज माधव विद्रोहीको प्रमुख आतिथ्यमा भएको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले गत भदौ २३ गते जेन्जी आन्दोलनका क्रममा ज्यान गुमाएका २२ जना प्रदर्शनकारी, तीन जना प्रहरी र २४ गतेको विध्वंसात्मक आगजनी, तोडफोडका अन्य मृतकहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते भएका नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

जिल्ला सचिव युवराज आचार्यले हस्ताक्षर गरी जारी विज्ञप्तिमा जेन्जी आन्दोलन पश्चात देशभरका सञ्चारकर्मी र सञ्चार माध्यमहरू असुरक्षित बन्दै गएको प्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, “पत्रकार र आम नागरिकको शान्ति सुरक्षालाई प्राथमिकतामा राखी कुनै पनि किसिमको दमन, धम्की वा अभिव्यक्ति स्वतन्त्रता माथि प्रतिबन्ध स्वीकार्य हुने छैन।” संगठनले लोकतान्त्रिक मूल्य–मान्यता र स्वतन्त्र पत्रकारिताको पक्षमा निरन्तर आवाज उठाउने प्रतिबद्धता पनि जनाएको छ।

सम्बन्धित खबर