२०८२ असोज २९, बुधवार , ०१:४९:३९ बजे

Sajhamanch
'

चितवनमा दाना उद्योगको पर्खाल भत्किँदा ३ जना मजदूरको ज्यान गयो, २ जना घाइते

बुधवार, असोज २९, २०८२

काठमाडौं । चितवनमा दाना उद्योगको पर्खाल भत्किँदा तीन जनाको ज्यान गएको छ । यस्तै दुई जना घाइते भएका छन् ।

रत्ननगर नगरपालिका वडा नम्बर १२ शान्तिकुञ्ज टोलमा रहेको किसान दाना उद्योगको पर्खाल भत्किँदा उद्योगमा काम गर्ने मजदूरहरूको ज्यान गएको हो ।

ज्यान गुमाउनेमा चितवनको खैरहनी नगरपालिका वडा नम्बर २ का ४५ वर्षीय शुकराम दराई, गोरखा घर भई रत्ननगर–१२ बस्ने ५४ वर्षीय रेशम दराई र रत्ननगर–१२ बस्ने ४५ वर्षीय कमल गुरुङ रहेका जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन्द्र खानलले जानकारी दिनुभयो ।

यस्तै पर्सा घर भई रत्ननगर–१२ बस्ने ३९ वर्षीय जीतेन्द्र महत्तो र ४० वर्षीय अङ्कजप्रसाद थारु घाइते भएका र उनीहरू दुवैको चितवन मेडिकल कलेजमा उपचार भइरहेको खनालले बताउनुभयो ।

सम्बन्धित खबर