२०८२ असोज २८, मङ्गलवार , ११:५२:४९ बजे

Sajhamanch
'

सर्वोच्च अदालतले आजदेखि नियमित सुनुवाइ थाल्ने

मङ्गलवार, असोज २८, २०८२

काठमाडौं । गएको भदौ २४ गतेको आन्दोलनमा क्षतिग्रस्त सर्वोच्च अदालतले ३६ दिनपछि आजदेखि रिट निवेदन दर्ता थाल्ने भएको छ ।

आजदेखि रिट निवेदन दर्ता र केही रिटमा सुनुवाइ थाल्ने भएको हो । अस्ति आइतवार बसेको फुल कोर्ट (पूर्ण बैठक) ले रिट निवेदन दर्ता शुरू गर्ने निर्णय गरेको सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिनुभयो ।

जेन–जी आन्दोलनपछि सर्वोच्चले बन्दी प्रत्यक्षीकरणको निवेदन मात्र सुनुवाइ गर्दै आएको छ । रिट निवेदन, मुद्दा दर्ता र सुनुवाइजस्ता नियमित सेवा शुरू हुन सकेको थिएन । सर्वोच्चमा मात्रै २५ हजार थान मुद्दा सुनुवाइको पर्खाइमा छन् ।

सर्वोच्चमा दैनिक तीन–चार सय मुद्दा सुनुवाइ हुँदै आएको थियो । आगजनीमा सर्वोच्चको एक अर्ब २६ करोडको क्षति भएको मूल्यांकन अदालत प्रशासनले गरेको छ ।

मङ्गलवार, असोज २८, २०८२ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर