२०८२ असोज २७, सोमवार , १०:०९:३७ बजे

Sajhamanch
'

मुस्ताङ भ्रमण गर्ने पर्यटकलाई सावधानी अपनाउन आग्रह

सोमवार, असोज २७, २०८२

काठमाडौं । उपल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटकलाई आवश्यक स्वास्थ्य सावधानी अपनाउन आग्रह गरिएको छ । उपल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटकलाई हाइअल्टिच्युडका कारण बिरामी पर्ने समस्या देखिएसँगै त्यहाँको लोमान्थाङ गाउँपालिकाले सार्वजनिक सूचना प्रकाशित गरी सावधानी अपनाउन आग्रह गरेको हो ।

गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले निकालेको सूचनामा उपल्लो मुस्ताङमा अत्यधिक चिसो बढ्दै गइरहेको र उच्च उचाईको क्षेत्रमा भ्रमण गर्ने पर्यटकमा लेक लाग्ने समस्या देखिएको उल्लेख छ । दशैँ–तिहार र छठ पर्वको बिदा अवधिमा भ्रमण गर्न जाने पर्यटकलाई आवश्यक स्वास्थ्य सुरक्षा सावधानी अपनाएर मात्रै भ्रमण गरिदिन अनुरोध गरिएको छ ।

यो समयमा नेपाल–चीन उत्तरी कोरलानाका र उपल्लो मुस्ताङ क्षेत्रको भ्रमण गर्न आएका पर्यटकलाई लेक लाग्ने समस्या देखिएको र समस्यामा परेका पर्यटकलाई सीमित श्रोतसाधनका बावजुत गाउँपालिकाको तर्फबाट स्वास्थ्य सेवा प्रवाह गरिएको सूचनामा उल्लेख छ । गाउँपालिकाले लेक लागेर सिकिस्त भएका बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवामार्फत जोमसोममा रहेको प्रदेश अस्पताल पुर्याउने गरिएको जनाएको छ ।

सम्बन्धित खबर