
काठमाडौं । सशस्त्रका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुरज पौडेलसहित ७ जना सशस्त्र प्रहरी कर्मचारीले दामोदर हिमशृङ्खला अन्तर्गत पर्ने चुलु सुदूरपूर्व हिमालको सफल आरोहण गरेका छन् ।
आरोहण टोलीले हिजो बिहान ७ बजेको समयमा ६ हजार ३८ मिटर अग्लो हिमालको शिखरमा सशस्त्र प्रहरी बल (एपीएफ) नेपालको झण्डा फहराएको हो ।
चुलु सुदूरपूर्व हिमालको आरोहणले पर्वतीय उद्धारको क्षेत्रमा क्षमता अभिवृद्धि हुने एपीएफको विश्वास छ ।
यस्तै यो आरोहणले पर्यटन प्रवद्र्धनमा कोेशेढुङ्गा सावित हुने तथा पर्वतीय उद्धार तालिम शिक्षालय मनाङमा सञ्चालन भइरहेको तालिमका लागि आवश्यक पर्ने प्रशिक्षकहरूको उत्पादनमा समेत ठूलो भूमिका निर्वाह गर्ने एपीएफले जनाएको छ ।