
काठमाडौं । विदेशमा रहेका नेपालीलाई पनि आउँदो फागुन २१ गते हुने चुनावमा सहभागी गराउन मागसहित जेन–जी अभियन्ताले निर्वाचन आयोगमा आज ज्ञापनपत्र बुझाएका छन् ।
निर्वाचन आयोगको मुख्य कार्यालयमा पुगेर उनीहरूले विदेशमा रहेका नेपालीलाई पनि मत खसाल्ने अधिकार सुनिश्चित गर्न माग गर्दै आयोगका पदाधिकारीलाई ज्ञापनपत्र बुझाएका हुन् । जेन–जी अभियन्ता शिव यादवले चुनावको तयारीको बारेमा पनि आयोगसँग जानकारी लिइएको बताउनुभयो ।
जवाफमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले विदेशमा रहेका मतदातालाई आउँदो चुनावमा सहभागी गराउनका लागि आयोग लागिपरेको बताउनुभयो । उहाँले आयोगले यसबारेमा सरकारसँग छलफल गरिरहेको पनि जानकारी दिनुभयो ।