२०८२ असोज २४, शुक्रवार , ०१:३१:३५ बजे

Sajhamanch
'

धादिङमा बस र टिपर एक आपसमा ठोक्किदा ११ जना घाइते

शुक्रवार, असोज २४, २०८२

काठमाडौं । धादिङमा बस र टिपर ठोक्किएका छन् । पृथ्वी राजमार्ग अन्तर्गत गल्छी गाउँपालिका–७ भल्टारमा दुर्घटना भएको हो । आज विहान नौ बजेतिर नेपालगञ्जबाट काठमाण्डौ तर्फ गुडिरहेको लु. प्र. ०१–००१ख.०७६६ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको ना. ८ ख. २५९१ नम्बरको टिपर ठक्कर खाएका हुन् ।

दुर्घटनामा बसमा सवार ११ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी प्रकाश दाहालले उज्यालोलाई जानकारी दिनुभयो । घाइतेहरुको उद्धार गरी नजिकैको स्मारिका फार्मेसी अस्पतालमा उपचारका लागि लगिएको उहाँको भनाइ छ ।

घाईतेहरुको अवस्था मध्यमदेखि सामान्य रहेको उहाँले बताउनुभयो । गम्भिर घाइते कोही नभएको प्रहरीको भनाइ छ । बस र टिपर दुवैलाई हटाएर सडक सञ्चालन गरिएको डीएसपी दाहालले बताउनुभयो ।

शुक्रवार, असोज २४, २०८२ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर