२०८२ असोज २४, शुक्रवार , १२:३८:५० बजे

Sajhamanch
'

लगातार बढिरहेको सुनको भाउ आज ४ हजार २०० रुपैयाँले घट्यो

शुक्रवार, असोज २४, २०८२

काठमाडौं । लगातार बढिरहेको सुनको भाउ आज चार हजार २०० रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलाको दुई लाख ३५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुुनको भाउ अहिलेसम्मकै उच्च तोलाको दुई लाख ३९ हजार २०० रुपैयाँ पुगेको थियो । अस्ति सुनको भाउ तोलाको दुई लाख ३८ हजार रुपैयाँ थियो ।

गएको शुक्रवारदेखि सुनको भाउमा कीर्तिमान बन्दै आएको थियो । त्यस्तै आज चाँदीको भाउ भने बढेको छ । चाँदी आज एकैदिन ६० रुपैयाँले बढेर तोलाको तीन हजार ८५ रुपैयाँ पुगेको छ । हिजो चाँदीको भाउ तोलाको तीन हजार २५ रुपैयाँ थियो ।

शुक्रवार, असोज २४, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर