२०८२ असोज २४, शुक्रवार , १०:२६:३७ बजे

Sajhamanch
'

एशियन कप छनोटमा नेपाल भियतनामसँग ३–१ गोल अन्तरले पराजित

शुक्रवार, असोज २४, २०८२

काठमाडौं । एएफसी एशियन कप छनोटमा नेपाल भियतनामसँग ३–१ गोल अन्तरले पराजित भएको छ । यो सँगै नेपालको अघिल्लो चरणको यात्रा निकै कमजोर बनेको छ । एशियन कप छनोटमा नेपालको यो लगातार तेस्रो हार हो । हिजो भएको खेलको नवौं मिनेटमा नै घरेलु टोली भियतनामले अग्रता लियो ।

भियतनामका ट्रोङ टियन एनको पासमा न्युगेन हाय लोङले बक्स भित्रबाट गोल गरे । खेलको १७औं मिनेटमा नेपालका रोहन कार्कीको सहयोगमा सनिश श्रेष्ठले गोल गरे । भियतनामसँगको तेस्रो खेलमा नेपालले गरेको यो पहिलो गोल हो ।

पहिलो हाफको इन्जुरी समयमा नेपाल १० खेलाडीमा समेटियो । डि बक्स नजिकै नेपालका मिडफिल्डर लाकेन लिम्बूले भियतनामका न्युगेन हायलाई फाउल गरेका थिए ।

लाकेनलाई रेफ्रीले रातो कार्ड दिए । पहिलो हाफ १–१ को बराबरीमा सकियो । दोस्रो हाफपछि खेलको ६७औं मिनेटमा भियतनामले २ गोल गर्यो । खेलको ७२औं मिनेटमा न्युगेन हायले गोल गरे ।

यो सँगै भियतनामले नेपालमाथि ३–१ को सहज निकाल्यो । यसअघि सन् २००४ को एसियन कप छनोटको नेपालले पहिलो खेलमा ५–० र दोस्रो खेलमा २–० को हार बेहोरेको थियो ।

३ खेलमा नेपाल अंकविहीन छ । यसअघि पहिलो खेलमा लाओससँग २–१ ले र मलेसियासँग २–० ले हारेको थियो । भियतनामले भने ६ अंक बनाएको छ । अब नेपालले असोज २८ गते भियतनाममै दोस्रो खेल खेल्नेछ ।

सम्बन्धित खबर