२०८२ असोज २३, बिहिवार , ०५:०२:०२ बजे

Sajhamanch
'

बीपी राजमार्गका नौ स्थानमा सडक मर्मत सकियो ,सात स्थानमा जारी

बिहिवार, असोज २३, २०८२

काठमाडौँ । बाढीले क्षतिग्रस्त बीपी राजमार्गका नौ स्थानमा पुनर्निर्माण सम्पन्न भएको छ । सडक विभागले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार अब ७ स्थानमा मर्मत कार्य जारी रहेको छ ।

बाढीले क्षति गरेको ३ हजार ८४२ मिटर सडकमध्ये १ हजार ८४५ मिटर सडक पुनर्निर्माण भइसकेको विभागले जनाएको छ ।

विभागका अनुसार डालाबेँसी ५०० मिटर, कालढुंगा ४१०, नार्के ५० मिटर, गिम्दिबेँसी ५० मिटर, ४०० बेँसी घुमाउनेमा ८० मिटर, कटुन्जे घुमाउनेमा ३०० मिटर, चौकीडाँडामा ३७५ मिटर र दाप्चा पुलमा ८० मिटरमा पुनर्निर्माण सम्पन्न भएको विभागले जनाएको छ ।

यस्तै गरी अब माम्ती ४०० मिटर,अपर माम्ती २३५ मिटर, लोअर पिप्ले २२० मिटर, अपर पिप्ले २२० मिटर बोक्सीकुना २००, चिउसीवास १२० मिटर र चारसयबेँसीमा ३०० मिटरमा मर्मत कार्य जारी रहेको छ ।

p

सम्बन्धित खबर