२०८२ असोज २३, बिहिवार , ०२:५७:३७ बजे

Sajhamanch
'

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्वउपकुलपति भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बिहिवार, असोज २३, २०८२

काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी तत्कालीन उपकुलपति प्रा। डा। सङ्गीता सिंह भण्डारी, तत्कालीन कायममुकायम रजिस्ट्रार झन्कार लामिछानेसमेत १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज १३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनीहरूले कम गुणस्तरको एमआरआई मेशिन खरिदमा १२ करोड ७ लाख रुपैयाँभन्दा धेरै अनियमितता गरेको अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।

मुद्दा दायर हुने अन्य व्यक्तिहरूमा प्रतिष्ठानका तत्कालीन फाइनान्स म्यानेजर कैलाश प्रसाद देव, बायोमेडिकल इन्जिनियर शरद् भण्डारी, डेपुटी फाइनान्स म्यानेजर नितिन कुर्मी, शाखा अधिकृत छायाँ डीसी, शाखा अधिकृत श्रीराम चौधरी, आईटी अफिसर हीरालाल भण्डारी, तत्कालीन सिभिल इन्जिनियर मदन भण्डारी, तत्कालीन वरिष्ठ सहायक अञ्जु शर्मा रहेका छन् ।

यस्तै त्रिवि शिक्षण अस्पताल काठमाण्डौका बायोमेडिकल इन्जिनियर अमित कुमार चौधरी, स्वास्थ्य सेवा विभागकी तत्कालीन बायोमेडिकल इन्जिनियर सुजाता भट्टराई र लुम्बिनी हेल्थ केयर तथा कम्पनीका मुख्य भई काम गर्ने अध्यक्ष पोष्टराज ज्ञवालीविरुद्ध पनि मुद्दा दायर भएको छ ।

प्रहरीले उनीहरूविरुद्ध भ्रष्टाचार रकम बराबरकै बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ ।

सम्बन्धित खबर