
काठमाडौं । एएफसी एशियन कप छनोटका लागि नेपालले आज भियतनामसँग खेल्दैछ । खेल नेपाली समयअनुसार बेलुकी पौने ७ बजे शुरु हुनेछ । भियतनामसँगको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली भियतनाम पुगिसकेको छ ।
एशियन कप छनोटमा नेपालले आउँदो २८ गते मङ्गलवार पनि भियतनामसँग खेल्नेछ । नेपालले ‘होम म्याच’ त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा खेल्नुपर्ने हो । तर दशरथ रङ्गशाला अयोग्य रहेका कारण नेपालले ‘होम’ र ‘अवे’ दुवै खेल भियतनाममा नै खेल्नेछ ।
फिफा वरीयतामा नेपाल १७६औं स्थानमा छ भने भियतनाम ११४औं स्थानमा छ । प्रशिक्षक म्याट रसले भियतनामसँगको दुई खेलका लागि किरणकुमार लिम्बुको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरिसकेका छन् ।
टोलीमा धेरैजसो पुरानै खेलाडी दोहोरिँदा छ जनाले पुनरागमन गरेका छन् । आयुष घलान, कृतिशरत्न छुन्जु, सुमित महर्जन, सनिस श्रेष्ठ, विमल पाण्डे र विशाल सुनार टोलीमा फर्किएका हुन् ।