२०८२ असोज २१, मङ्गलवार , ०३:२४:३३ बजे

Sajhamanch
'

इलाम बाढीपहिरोमा मृत्यु हुनेको संख्या ३९ पुग्यो

मङ्गलवार, असोज २१, २०८२

इलाम । इलामको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।

इङ्ला खोलाले बगाएर बेपत्ता भएका सन्दकपुर–५ इङला, जमुनाका २४ वर्षीय प्रवेश गुरूङको शव फेला पछि मृतकको संख्या ३९ पुगेको हो ।

सन्दकपुर–५ इङलाका वडा सदस्य कुमार गुरुङका अनुसार प्रवेश अस्तिदेखि बेपत्ता भएका थिए । उनकोको स्वीटर र हाइनेक मात्र भेटिएको थियो । त्यस स्थानबाट करिब ४०० मिटर तल आज उनको शव फेला परेको वडा सदस्य गुरुङले जानकारी दिनुभयो ।

योसँगै इलाममा मृत्यु हुनेको संख्या ३९ पुगेको छ । एक जना बेपत्ता छन् । इलाम नगरपालका–६ का महेन्द्र लिम्बु बेपत्ता भएका हुन् । उनलाई पहिरोले घरसहित बगाएको थियो ।

मङ्गलवार, असोज २१, २०८२ | मुख्य समाचार, समाज

सम्बन्धित खबर