२०८२ असोज २१, मङ्गलवार , १०:२८:०६ बजे

Sajhamanch
'

मनसुनजन्य विपद्बाट ज्यान गुमाउनेको सङ्ख्या ६० पुग्यो

मङ्गलवार, असोज २१, २०८२

काठमाडौं । गएको शुक्रवार रातिदेखिको वर्षासँगै खसेको पहिरो र चट्याङमा परी देशभर ६० जनाको ज्यान गएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

ज्यान गुमाउनेमा १९ पुरुष, २६ महिला र १५ जना नाबालक रहेका सशस्त्र प्रहरी बलका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

इलाममा मात्रै ३७ जनाको ज्यान गएको छ । यसैगरी पाँचथरमा आठ, उदयपुरमा तीन, खोटाङमा दुई र सुनसरीमा एक जनाको पहिरोमा परी ज्यान गएको छ । रौतहटमा तीन जनाको चट्याङ लागेर ज्यान गएको छ । मोरङ, सिन्धुली र महोत्तरीमा एक/एक जनाको ज्यान गएको छ ।

यस्तै, सिन्धुपाल्चोकमा एक नाबालकको ज्यान गएको छ भने काभ्रेमा दुई महिलाको शव भेटिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

मङ्गलवार, असोज २१, २०८२ | मुख्य समाचार, समाज