२०८२ असोज २१, मङ्गलवार , ०४:४८:१३ बजे

Sajhamanch
'

कमलमा एमाले सक्रिय बन्दै

मङ्गलवार, असोज १४, २०८२

कमल । झापाको कमल गाउँपालिकामा आज बडादशैंको शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) कमल गाउँकमिटीको आयोजनामा भएको सो कार्यक्रममा वृहत कार्यकर्ता भेटघाट एवम् बडादशैंको शुभकामना आदानप्रदान गरिएको हो ।

शुभकामना आदानप्रदान कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सदस्य तथा झापा क्षेत्र नम्वर ५ का इन्चार्ज दिकप कार्कीले बडादशै लगायतका चाडपर्वले देशमा सुशासन तथा सामाजिक सद्भाव कायम गर्न उर्जा मिल्नुका साथै हामी सबैेलाई सुुख शान्ति मिलोस भन्ने कामना गर्नुभयो ।

त्यसैगरी गत भदौ २३ र २४ गते भएको जेन–जीको आन्दोलनका कारण अहिले देशमा मानवीय तथा भौतिक क्षति भएको बताउँदै उहाँले आगामी दिनमा जेन–जीका माग सम्बोधन गर्ने गरी पार्टीले आफ्ना कार्यक्रम तयार गर्नुपर्ने बताउनु भयो ।

एमाले पार्टी कमजोर भएकै छैन, पार्टीले कार्यकर्ताहरुको मनोबल बढाउने कार्यक्रम गर्न आवश्यक छ । व्यक्ति कमजोर हुन सक्छ तर पार्टी कमजोर छैन ।

जेन–जीले उठाएका सही मागलाई पार्टीले पूरा गर्नुपर्ने पार्टी केन्द्रीय सदस्य मेनुका काफ्लेले बताउनु भयो ।

आज जेन–जी आन्दोलनका कारण देशमा धेरै ठूलो क्षति भएको छ । जेन–जीले उठाएका सही मागलाई पार्टी नेतृत्वले पूरा गर्नेतर्फ लाग्नुपर्ने बेला आएको पार्टी प्रदेश कमिटी सदस्य तथा कमल ईन्चार्ज बेनु सिवाकोटीले बताउनु भयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) कमल गाउँ कमिटीका अध्यक्ष हरि ढकालको अध्यक्षतामा भएको कार्यकर्ता भेटघाट एवम् बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम गाउँकमिटी सचिव विरेन्द्र अधिकारीले सञ्चालन गर्नु भएको थियो ।

सम्बन्धित खबर