
काठमाडौं । मुग्लिन– नारायणगढ सडक खण्डको तुइन खोला पूल नजिकै पहिरो खसेर सडक पुनः अवरुद्ध भएको छ ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार अहिले मध्यान्ह १२ बजेदेखि सो स्थानमा दुईतर्फी आवागमन बन्द भएको हो ।
अहिले पनि पहिरो झर्नेक्रम जारी रहेकाले सो क्रम रोकिए पछि मात्रै पहिरो हटाउने काम सुरु हुने कार्यालयले जनाएको छ ।
डिभिजनबाट उपकरणहरू तैनाथ अवस्थामा रहेको पनि कार्यालयले जनाएको छ ।