२०८२ असोज १०, शुक्रवार , १०:२९:१६ बजे

Sajhamanch
'

दूध संकलन गर्ने भ्यान सुनकोशी नदीमा खस्यो, चालक बेपत्ता

शुक्रवार, असोज १०, २०८२

काभ्रेपलाञ्चोक । दूध संकलन गर्ने भ्यान अरनिको राजमार्गबाट सुनकोशी नदीमा खस्दा चालक बेपत्ता भएका छन् । अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ बाट आज बिहान करिब ५ः२० बजे भ्यान सुनकोशी नदीमा खसेको प्रहरीले जनाएको छ ।

बा. १२ च. ६५९४ नम्बरको मारुती मिनी डेलिभरी भ्यान काभ्रेको पनौती नगरपालिका–१०, पस्थलीका करिब २२–२३ वर्षका नवराज खुलालले चलाएका थिए । सो भ्यान सडकबाट करिब ५० मिटर तल सुनकोशी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख रामेश्वर कार्कीले जानकारी दिनुभयो ।

चौतारा साँगाचोकगढी–१०, सुकुटेमा रहेको सिन्धु दुग्ध डेरीको दूध संकलनका लागि सुकुटेबाट खाडिचौरतर्फ जाँदै गरेको उक्त गाडीमा चालक मात्र सवार रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घटनापछि प्रहरी चौकी बलेफीबाट प्रहरी नायब निरीक्षक सुरेश प्रसाद गुप्ताको कमाण्डमा ४ जनाको टोली खटिएको छ । चालकको खोजतलास जारी छ ।

शुक्रवार, असोज १०, २०८२ | मुख्य समाचार, समाज

सम्बन्धित खबर