२०८२ असोज ९, बिहिवार , ०१:३८:३९ बजे

Sajhamanch
'

ड्युटीमा फर्किन थाले ट्राफिक प्रहरी

बिहिवार, असोज ९, २०८२

झापा । झापामा ट्राफिक प्रहरीले ड्युटी गर्नेहरुको संख्या क्रमश थप्दै गएको छ । जेन जी आन्दोलनमा अराजक समुहले कार्यालयमा आगजनी गरेपछि ट्राफिक प्रहरी विस्थापित भएका थिए ।

सडकमा सवारी व्यवस्थापन, चेकजाँचको मुख्य जिम्मेवार निकाय ट्राफिक प्रहरीको उपस्थिति क्रमश बढ्दै गएको हो । आवास, कार्यालय समेतको अभावले पूर्ण रुपमा परिचालन गर्न कठिनाई भइरहेको बताइएको छ ।

अब केही दिनभित्रै आवासको सामान्य व्यवस्थापन भएपछि पूर्ण रुपमा परिचान गरिने झापा ट्राफिकले जनाएको छ । चाडवाडका कारण सडकमा सवारी चाप बढ्दो छ, झापाका ट्राफिक प्रमुख गणेश पौडेलले भन्नुभयो – सवारी चाप भएको क्षेत्रमा प्राथमिकता दिएर ड्युटी सुरु गरिएको छ । ड्युटी नियमित नै छ, क्रमश संख्या थप हुँदै जाने छ ।

ट्राफिक प्रहरी कार्यालय निर्माणको काम जारी रहेको छ । निर्माणसँगै ट्राफिक प्रहरीको आवासीय व्यवस्थापनपछि जिम्मेवारीमा पूर्ण रुपमा फर्किने तयारी गरिएको छ ।

सम्बन्धित खबर