२०८२ असोज ८, बुधवार , १२:२६:५८ बजे

Sajhamanch
'

सुनचाँदी भाउ अहिलेसम्मकै उच्च : सुन तोलाको २ लाख २३ हजार रुपैयाँ पुग्यो

बुधवार, असोज ८, २०८२

काठमाडौं । सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च भएको छ । सुनको भाउ आज तोलामा एक हजार तीन सय रुपैयाँले बढेर तोलाको दुई लाख २३ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनको भाउले पछिल्ला दिनमा निरन्तर रेकर्ड बनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख २१ हजार ७०० रुपैयाँ थियो ।

आज चाँदीको भाउले पनि कीर्तिमान बनाएको छ । चाँदीको भाउ आज तोलामा २० रुपैयाँले बढेर तोलाको दुई हजार ७०० रुपैयाँ पुगेको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार ६८० रुपैयाँ थियो ।

बुधवार, असोज ८, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर