२०८२ असोज ८, बुधवार , ०१:३०:१४ बजे

Sajhamanch
'

एशिया कप टी–२० क्रिकेटको सुपर–४ मा आज भारत र बङ्गलादेश खेल्दै

बुधवार, असोज ८, २०८२

काठमाडौं । एशिया कप टी–२० क्रिकेट अन्तर्गत सुपर–४ को खेलमा आज भारत र बङ्गलादेशले खेल्दैछन् । यो खेल दुबईमा नेपाली समयअनुसार राति सवा आठ बजे शुरू हुनेछ ।

गएराति भएको खेलमा पाकिस्तानले श्रीलङ्कालाई पाँच विकेटले हराएको छ । सुपर–४ को तालिकामा भारत शीर्ष स्थानमा र बङ्गलादेश तेश्रो स्थानमा छ । भारत र बङ्गलादेशले समान एक खेल जितेका छन् ।

यस्तै पाकिस्तान दोश्रो स्थानमा रहँदा श्रीलङ्गा तालिकाको पुछारमा छ । सुपर–४ मा समूह ‘ए’ बाट भारत र पाकिस्तान तथा समूह ‘बी’ बाट श्रीलङ्का र बङ्गलादेश पुगेका हुन् । यी सबै टोलीले एकआपसमा खेलेपछि शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । फाइनल खेल सेप्टेम्बर २८ तारिख अर्थात असोज १२ गते हुनेछ ।

सम्बन्धित खबर