२०८२ असोज ७, मङ्गलवार , ०५:२१:५६ बजे

Sajhamanch
'

ऊर्जामन्त्री घिसिङ र बेलायती राजदूतबीच सार्वजनिक–निजी साझेदारी लगानीको मोडेलबारे छलफल

मङ्गलवार, असोज ७, २०८२

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकासमन्त्री कुलमान घिसिङ र नेपालका लागि बेलायती राजदूत रब फेनबीच शिष्टाचार भेटवार्ता भएको छ ।

सिंहदरबारमा रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज भएको भेटमा नेपाल–बेलायतबीचको मित्रता, सहकार्य, ऊर्जा क्षेत्रमा बेलायतको सहयोग, पूर्वाधार क्षेत्रमा लगानीको सम्भावना, जलवायु परिवर्तनबाट सिर्जित समस्या न्यूनीकरणका उपायहरूका लागि आवश्यक सहयोग लगायतका विषयमा छलफल भएको छ ।

भेटमा मन्त्री घिसिङले जेन—जी आन्दोलनपछि गठन भएको सरकारको मुख्य प्राथमिकता आन्दोलनका कारण क्षति भएका संरचनाको पुनर्निर्माण, आमचुनाव र सुशासन कायम गर्नु रहेको बताउनुभयो ।

उहाँले बेलायतमा पूर्वाधार निर्माणमा सफल मानिएको सार्वजनिक–निजी साझेदारी लगानी मोडेललाई नेपालमा पनि अनुशरण गर्ने, ग्रीन हाइड्रोजन, जलवायु परिवर्तनका कारण सम्भावित हिमताल विस्फोटको जोखिम अध्ययन लगायतका क्षेत्रमा सहयोग गर्न आग्रह गर्नुभयो ।

यस्तै राजदूत फेनले नेपालको आर्थिक रूपान्तरणमा सहयोग गर्ने बताउनुभयो ।

सम्बन्धित खबर