२०८२ असोज ६, सोमवार , १०:१५:२८ बजे

Sajhamanch
'

थप पाँचजना मन्त्रीको नाम टुङ्गो लाग्यो आज शपथ

सोमवार, असोज ६, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद विस्तारका लागि थप पाँच जना मन्त्रीको नाम सिफारिस गर्नुभएको छ । नयाँ मन्त्रीहरूको शपथ आज हुनेछ । प्रधानमन्त्री कार्कीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा डा. सङ्गीता कौशल मिश्रा, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा महावीर पुन, उद्योग तथा भूमिसुधार मन्त्रीमा अनिलकुमार सिन्हा, सञ्चार, सूचना तथा प्रविधि मन्त्रीमा जगदीश खरेल र कृषिमन्त्रीमा डा। मदन परियारको नाम सिफारिस गर्नुभएको हो ।

स्वास्थ्य मन्त्रीमा सिफारिस डा। मिश्राले अतिरिक्त सचिवको पदबाट राजीनामा दिनुभएको थियो । यसअघि उहाँले स्वास्थ्य सेवा विभागको महानिर्देशक तथा कोशी अस्पताल र परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल प्रमुख भएर काम गर्नुभएको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा सिफारिस महावीर पुन राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष हुनुहुन्छ ।

उद्योग तथा भूमिसुधार मन्त्रीमा सिफारिस भएका अनिलकुमार सिन्हा सर्वोच्च अदालतका पूर्वन्यायाधीश हुनुहुन्छ । सञ्चार, सूचना तथा प्रविधि मन्त्रीमा सिफारिस भएका जगदीश खरेल दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ । यस्तै कृषिमन्त्रीमा सिफारिस भएका डा। मदन परियार जलवायु तथा कृषिविज्ञसँगै समता फाउन्डेसनका अध्यक्ष हुनुहुन्छ ।

सम्बन्धित खबर