२०८२ असोज ५, आइतवार , ०३:२७:०७ बजे

Sajhamanch
'

यूएईले नेपाली क्रिकेट खेलाडीलाई भिसा दियो, भोलि प्रस्थान गर्ने

आइतवार, असोज ५, २०८२

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरूलाई भिसा दिएको छ ।

वेस्ट इन्डिजसँगको ऐतिहासिक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाका लागि यूएईले खेलाडीहरूलाई भिसा दिएको र क्रिकेट टोली भोलि त्यसतर्फ प्रस्थान गर्ने नेपाल क्रिकेट सङ्घ (क्यान) का प्रवक्ता छुम्बी लामाले जानकारी दिनुभयो ।

गएको शुक्रवार नै नेपाली क्रिकेट टोली यूएई प्रस्थान गर्ने तय भए पनि भिसा नआउँदा ढिलाइ भएको हो । नेपालमा जेन–जी आन्दोलनका कारण विकसित घटनाक्रमपछि यूएईले नेपालीहरूलाई भिजिट भिसामा रोक लगाएपछि त्यसको असर खेलाडीलाई पनि परेको थियो ।

नियमित प्रक्रियाबाट भिसा नपाएपछि नेपाल क्रिकेट सङ्घ (क्यान) ले यूएईको क्रिकेट बोर्ड र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) सँग समन्वय गरेको थियो ।

नेपालले यही असोज ११, १३ र १४ गते यूएईमा वेस्ट इन्डिजसँग टी–२० क्रिकेट खेल्दैछ ।