२०८२ असोज ५, आइतवार , ०१:२१:४८ बजे

Sajhamanch
'

एशिया कप टी–२० क्रिकेटमा सुपर–४ को पहिलो खेलमा बङ्गलादेशले श्रीलङ्कालाई हरायो

आइतवार, असोज ५, २०८२

काठमाडौं । एशिया कप टी–२० क्रिकेटमा सुपर–४ को पहिलो खेलमा बङ्गलादेशले श्रीलङ्कालाई हराएको छ । गएराति भएको खेलमा बङ्गलादेशले श्रीलङ्कालाई चार विकेटले हरायो ।

श्रीलङ्गका दिएको १६९ रनको लक्ष्य पछ्याएको बङ्गलादेशले १९ ओभर पाँच बलमा छ विकेट गुमाएर भेटायो । बङ्गलादेशका लागि मोहम्मद सैफ हसनले ६१ र तौहिद हृदयले ५८ रन बनाए । श्रीलङ्काका पिन्नदुवागे वानिन्दु हसरंगा र दासुन शनकाले समान दुई तथा नुवान तुषारा र दुष्मन्थ चमेराले समान एक विकेट लिए ।

त्यसअघि दुबईमा टस हारेर ब्याटिङ गरेको श्रीलङ्गाले सात विकेट गुमाएर १६८ रन बनाएको थियो । श्रीलङ्काका लागि दासुन शनकाले अविजित ६४ र कुसल मेन्डिसले ३४ रन बनाए । बङ्गलादेशका मुस्ताफिजुर रहमानले तीन, महेदी हसनले दुई र तस्किन अहमदले एक विकेट लिए ।

यो जीतसँगै बङ्गलादेशले सुपर–४ मा महत्त्वपूर्ण दुई अङ्क जोडेको छ । सुपर–४ मा समूह ‘ए’ बाट भारत र पाकिस्तान तथा समूह ‘बी’ बाट श्रीलङ्का र बङ्गलादेश पुगेका हुन् । सुपर–४ मा सबै टोलीले एक अर्कासँग खेल्नेछन् । एशिया कप टी–२० क्रिकेटमा आज भारत र पाकिस्तान खेल्दैछन् ।

सम्बन्धित खबर