२०८२ असोज ३, शुक्रवार , ०२:१४:०४ बजे

Sajhamanch
'

युक्रेनबाट दुई जना नेपालीको उद्धार

शुक्रवार, असोज ३, २०८२

काठमाडौं । युक्रेनबाट दुई जना नेपालीको उद्धार भएको छ । युक्रेनको सीमामा हिरासतमा रहेका रौतहटका जयप्रकाश साह र बागलुङका सन्देश केसीलाई उद्धार गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

जर्मनीको राजधानी बर्लिनमा रहेको नेपाली दूतावासको समन्वय एवम् सक्रियतामा उद्धार गरी आज उनीहरूलाई नेपाल फर्काइँदैछ । उद्धार कार्यमा युक्रेनको सीमा सुरक्षा सेवा कार्यालय, गैरआवासीय नेपाली सङ्घ जर्मनीसहित विभिन्न निकाय/व्यक्ति र सरोकारवालाहरूले सहयोग गरेका मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

विदेश यात्रा गर्दा सम्बन्धित देशको अध्यागमनलगायत अन्य कानूनको पूर्ण पालना गर्न मन्त्रालयले आग्रह गरेको छ ।

सम्बन्धित खबर