२०८२ असोज १, बुधवार , ०१:२७:१० बजे

Sajhamanch
'

नवलपरासी पूर्व र रुपन्देहीसहित केही जिल्लामा बाढीको जोखिम

बुधवार, असोज १, २०८२

काठमाडौं । आज दोलखा, सिन्धुपाल्चोक, पाल्पा, रुपन्देही, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, डोटी, कैलाली र आसपासका जिल्लामा बाढीको जोखिम छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार यी जिल्ला भएर बहने स–साना नदीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना छ । रुपन्देहीको तिनाउ नदीमा बहाव उच्च छ ।

त्यस्तै काठमाडौं उपत्यकासहित इलाम, झापा, मोरङ, बारा, पर्सा, चितवन, कास्की, तनहुँ, स्याङ्जा, म्याग्दी, बाग्लुङ, पर्वत, गुल्मी, अर्घाखाँची, बाँके, बर्दिया दाङ, सुर्खेत, दैलेख, कञ्चनपुर, डडेलधुरा बैतडी, दार्चुला र आसपासका जिल्ला भएर बहने केही स–साना नदीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना छ ।

आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यी नदीका सहायक नदीहरू तथा कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको बहाव सतर्कता तहभन्दा तलै छ । आज देशका धेरै ठाउँमा हल्कादेखि मध्यम तथा केही ठाउँमा ठूलो पानी पर्ने अनुमान छ ।

नदीखोलामा पानीको सतह बढ्न सक्ने, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुँदा सतर्क रहन तथा पूर्वतयारी गर्न आग्रह गरिएको छ ।

 

 

सम्बन्धित खबर