२०८२ भदौ ३१, मङ्गलवार , १२:२२:०० बजे

Sajhamanch
'

सिंहदरबार आसपासमा सरकारी कार्यालयमा जले एक हजारभन्दा बढी सवासीसाधन

मङ्गलवार, भदौ ३१, २०८२

काठमाडौँ । मुख्य प्रशासनिक केन्द्र सिंहदरबार र आसपासमा रहेका सरकारी निकायमा भएको आगजनीबाट एक हजारभन्दा बढी सवारीसाधन जलेर नष्ट भएका छन्।

जेनजी समूहले गरेको आन्दोलनका क्रममा गत मङ्गलबार भएको आगजनीबाट ४४१ वटा चारपाङ्ग्रे तथा ६०१ वटा दुईपाङ्ग्रे गरी एक हजार ४२ वटा सवारीसाधन नष्ट भएका हुन्।

यो तथ्याङ्क त्यस क्षेत्रका सबै सरकारी निकायको होइन। सम्बन्धित सरकारी निकायले निकालेको प्रारम्भिक अनुमान र गोरखापत्रले गरेको स्थलगत अवलोकनका आधारमा यो प्रारम्भिक सङ्ख्या निकालिएको हो। यसको विस्तृत विवरण सँगैको तालिकामा दिइएको छ।

यसभन्दा पनि बढी क्षतिको अनुमान छ। तोडफोड मात्र भएका सवारीसाधन यसमा परेका छैनन्। सबैको आर्थिक मूल्य निकाल्न निकै समय लाग्ने छ।

सडक विभागका सबैभन्दा सवारीसाधन नष्ट भएका छन्। विभागले मोटरसाइकल र स्कुटर गन्न नसकिने गरी जलेको जनाएको छ।

त्यसपछि सर्वोच्च अदालतका ५१ वटा चारपाङ्ग्रे र गन्न नसकिने सङ्ख्यामा मोटरसाइकल र स्कुटर, सहरी विकास तथा भवन निर्माण विभागका ५० गाडी र अनुमानित दुई सय मोटरसाइकल, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका ४७ गाडी र ७४ मोटरसाइकल र स्कुटर नष्ट भएका छन्।

त्यस्तै अर्थ मन्त्रालयका ३६ गाडी र ५४ मोटरसाइकलरस्कुटर नष्ट भएको अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेले बताए। त्यस्तै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका ३३ साना गाडी र दुई बस तथा ३६ मोटरसाइकल जलेर नष्ट भएका छन्।

सम्बन्धित खबर