२०८२ भदौ ३०, सोमवार , १२:२२:१७ बजे

Sajhamanch
'

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको सेवा पुनः नियमित

सोमवार, भदौ ३०, २०८२

कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अवरुद्ध सेवा आजदेखि सुरुवात गरेको छ। जेनजी आन्दोलनका क्रममा कार्यालय भवन तोडफोड र आगजनी हुँदा सेवा अवरुद्ध भएका थिए।

सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीका अनुसार तोडफोडका कारण कार्यालयमा विद्युत्, इन्टरनेट र नागरिकता प्रणालीमा क्षति पुगेको थियो। मर्मत गरेर कार्यालयका सेवा थालिएको उहाँले बताउनु भयो।

तोडफोड र आगजनीका कारण नागरिकता, राष्ट्रिय परिचयपत्र तथा राहदानीसँग सम्बन्धित सबै काम अवरुद्ध भएका थिए।

सम्बन्धित खबर