
बुटवल । जेनजीको नाममा गरिएको प्रदर्शन पछि भाटभटेनी सुपर मार्केटमा लुटपाटमा संलग्न भएको भन्दै एक विद्यालयले शिक्षकलाई हटाएको छ ।
बुटवलस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयले सुख्खानगरस्थित भाटभटेनी सुपरमार्केट लुटपाटमा संलग्न भएको भन्दै शिक्षक शिवशंकर शुक्लालाई हटाएको हो ।
भदौ २४ गते जेन्जीहरूको प्रदर्शनका क्रममा शिक्षक शुक्ला भाटभटेनीमा भएको चोरीमा संलग्न देखिएको विद्यालयले जनाएको छ ।
विद्यालयको आचरणसंहिता तथा नियमविपरीत काम गरेकाले शिक्षक शुक्लालाई आजैदेखि लागू हुने गरी विद्यालयबाट हटाइएको प्रधानाध्यापक दिनेश थापाले जनाएका छन् ।