२०८२ भदौ २४, मङ्गलवार , १२:५१:३४ बजे

Sajhamanch
'

झापाको बिर्तामोड र दमकमा साँझ ७ बजेसम्म निषेधाज्ञा जारी

मङ्गलवार, भदौ २४, २०८२

झापा । जिल्ला प्रशासन कार्यालय झापाले आज जिल्लाका दुई स्थानमा निषेधाज्ञा जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको आदेशअनुसार भदौ २४ गते बिहान १०ः३० बजेदेखि साँझ ७ बजेसम्म दमक र बिर्तामोड नगरपालिकाका विभिन्न क्षेत्रमा आमसभा, विरोध प्रदर्शन, बैठक तथा धर्नाजस्ता गतिविधि गर्न नपाइने भएको हो ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ (क) बमोजिम शान्ति सुरक्षा कायम राख्न र सम्भावित अप्रिय घटना रोक्नका लागि यस्तो आदेश जारी गरिएको प्रशासनले जनाएको छ।

निषेधाज्ञामा उल्लेखित सूचनाअनुसार बिर्तामोड नगरपालिकामा पूर्वतर्फ बिर्तामोड बसपार्क छिर्ने मोडसम्म, पश्चिममा रामचोकसम्म, उत्तरमा महानन्दचोकसम्म र दक्षिणमा सैनिक मोडसम्मको क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको छ ।

यस्तै दमक नगरपालिकामा पूर्वतर्फ रतुवा पूलसम्म, पश्चिममा कृष्णमन्दिर चोक, उत्तरमा हिमालय माध्यमिक विद्यालय र दक्षिणमा इलाका प्रशासन कार्यालयदेखि २०० मिटर दक्षिणसम्मको भूगोललाई निषेधित क्षेत्र तोकिएको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले आदेशको उल्लंघन गर्ने गतिविधि भए कानुनी कारबाही गरिने चेतावनीसहित प्रशासनले नागरिकलाई सहयोग र संयमता अपनाउन अनुरोध गरेको जनाउनु भएको छ ।

सम्बन्धित खबर