
भद्रपुर । अन्तर्राष्ट्रिय साक्षरता दिवस २०८२ को अवसर पारेर भद्रपुर नगरपालिकाले उत्कृष्ट विद्यार्थी सम्मान तथा सेवा निबृत्त शिक्षक कर्मचारीलाई विदाइ गरेको छ ।
नगर शिक्षा शाखाको आयोजना तथा शिक्षा समिति भद्रपुरको संयोजनमा सम्पन्न कार्यक्रममा आधारभूत तह उत्तीर्ण परीक्षा २०८१ मा उत्कृष्ट विद्यार्थीलाई नगद एक हनार ५०० सहित प्रमाण पत्रले सम्मान गरिएको छ ।
यस्तै माध्यमिक तह कक्षा १० उत्तीर्ण परीक्षा एसईई २०८१ मा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई ल्यापटपसहित पुरस्कृत गरियो ।
सोही कार्यक्रममा २०८२ साउनसम्म सेवा निबृत्त भएका नगरपालिका भित्रका १७ जना शिक्षक र कर्मचारीलाई सम्मान गर्दै विदाइसमेत गरिएको थियो ।
नगर शिक्षा समितिका अध्यक्ष एवम नगरप्रमुख गणेश पोखरेलको अध्यक्षतामा आयोजित कार्यक्रममा उपप्रमुख राधा कार्की लगायतले मन्तब्य राख्दै समयानुकल शिक्षाको विकास जरूरी रहेको धारणा राख्नुभयो ।
कार्यक्रममा सहभागीहरुलाई शाखा प्रमुख पवित्रा ढकालले शाब्दिक स्वागत गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन योगेन्द्र पौडेलले गरेका थिए ।