२०८२ भदौ २२, आइतवार , ११:४८:०८ बजे

Sajhamanch
'

करेन्ट लागेर हाइड्रोपावर मजदुरको मृत्यु

आइतवार, भदौ २२, २०८२

संखुवासभा ।  संखुवासभाको चैनपुर नगरपालिका–४ स्थित सुपरहेवा हाइड्रोपावरमा कार्यरत एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ ।

शनिबार दिउँसो हाइड्रोपावरमा विद्युत् लाइन नजिक रहेको रुखको हाँगा हटाउने क्रममा करेन्ट लागेर काभ्रेपलाञ्चोक पनौती नगरपालिका–१ घर भएका २९ वर्षीय क्रान्ति तामाङ गम्भीर घाइते भएका थिए ।

घाइते तामाङलाई उपचारका लागि तत्कालै चैनपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा लगिए पनि उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित खबर